Categories कृषि

२२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव वीरगन्जमा उत्साहका साथ सम्पन्न

Advertisement

वीरगन्ज । वीरगन्ज महानगरपालिका कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाको आयोजनामा “धान बालिमा सम्भावना: खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने मूल नाराका साथ २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव भव्य रूपमा सम्पन्न भएको छ।

महोत्सव वीरगन्ज महानगरपालिका–वडा नं. २३ स्थित इटियाही गाउँमा आज बिहान ७:०० बजे सम्पन्न भएको हो।

Advertisement

कार्यक्रममा वडा नं. २३ का अध्यक्ष अवधकिशोर कुशवाहाको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रूपमा प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णको उपस्थिति रहेको थियो।

Advertisement

प्रमुख प्रशासकीय अधिकृत कर्णले कार्यक्रममा बोल्दै कृषकहरूको भूमिकालाई सम्मान गर्दै कृषिलाई आत्मनिर्भर अर्थतन्त्रको मेरुदण्डको रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए। उनले भने, “धान हाम्रो संस्कृति, जीवनशैली र जीविकोपार्जनको आधार हो। कृषकहरू बिना हामी आत्मनिर्भर हुन सक्दैनौं। यस्तो महोत्सवले कृषकलाई सम्मान र उत्साह प्रदान गर्नुका साथै कृषि क्षेत्रमा स्थानीय तहको सक्रियता पनि झल्काउँछ।”

कार्यक्रममा वातावरण महाशाखा प्रमुख प्रकाश ऐरेले धान उत्पादन र वातावरणीय सन्तुलनबीचको सम्बन्धका विषयमा जानकारी दिएका थिए।

कार्यक्रममा लेखा, शिक्षा शाखाका प्रतिनिधिहरू, स्थानीय अगुवा कृषकहरू तथा विभिन्न शाखाका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

महोत्सवमार्फत कृषकहरूमा थप उत्साह थपिएको र कृषि प्रणालीलाई समृद्ध बनाउने दिशातर्फ स्थानीय तहको प्रयास प्रभावकारी बन्दै गएको सहभागीहरूले बताएका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *