Categories समाचार

वीरगञ्जमा २१ दिने विपद् स्वयंसेवक तालिम सम्पन्न, समुदाय स्तरमै आपतकालीन तयारीमा जोड

Advertisement

वीरगञ्ज । विपद् व्यवस्थापनमा स्थानीय समुदायको सक्रियता अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्चालन गरिएको २१ दिने “समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम” सोमबार वीरगञ्जमा सम्पन्न भएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साको आयोजनामा र वीरगञ्ज महानगरपालिकाको संयोजनमा सम्पन्न उक्त तालिममा ३० जना सहभागी थिए। तालिमको समापन कार्यक्रम वीरगञ्ज महानगरपालिका कार्यालयको सभाहलमा सम्पन्न भयो।

Advertisement

समापन कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले स्थानीय तहमा विपद् व्यवस्थापनका लागि यस्तो खालको तालिम अत्यन्तै उपयोगी रहेको बताए। उनले भने, “समुदायमै विपद्को प्रत्यक्ष असर पर्न सक्छ, त्यसैले त्यसको न्यूनीकरण र प्रतिकार्यमा समुदाय स्वयं सक्षम हुनु आजको आवश्यकता हो।”

Advertisement

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले तालिमले समुदायमा सचेतना र जिम्मेवारी दुवै थपेको बताउँदै यस्तो कार्यक्रमलाई महानगरले निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

तालिम शुभारम्भदेखि नै संयोजनको भूमिका निभाएका सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गणका गणपति, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले अध्यक्षता गर्नुभएको उक्त समापन कार्यक्रममा सशस्त्र प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता देवेन्द्र बहादुर सिंहसहितको थियो।

तालिममा विपद् पूर्वतयारी, प्रतिकार्य, उद्धार, प्राथमिक उपचार, अग्नि नियन्त्रण र जनसुरक्षासम्बन्धी व्यवहारिक सीप र ज्ञान प्रदान गरिएको थियो। सहभागीहरूले प्रमाणपत्र बुझँदै तालिम अत्यन्तै प्रभावकारी रहेको भन्दै विपद् व्यवस्थापनमा आफूहरूले अग्रसर भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *