Categories समाचार समाज

वीरगञ्जमा रगत अभाव, नेरेसोद्वारा रक्तदानका लागि अपील

वीरगञ्ज । बढ्दो गर्मीका कारण विभिन्न संघसंस्थाबाट सञ्चालन हुने रक्तदान कार्यक्रमहरूमा कमी आएको हुँदा वीरगञ्जस्थित नेपाल रेडक्रस सोसाइटी, पर्सा शाखा अन्तर्गतको रक्तसञ्चार सेवा केन्द्रमा गम्भीर रूपमा रगतको अभाव भएको छ।

बालबालिका, महिलाहरु, थायलासिमियाबाट पीडित बिरामी, सिजेरियन प्रक्रियामा रहेका गर्भवती महिला, एमर्जेन्सी केस, एचआईभी संक्रमित व्यक्तिहरू लगायत गम्भीर रोगबाट ग्रसित बिरामीहरूका लागि अत्यावश्यक रगत अभावको स्थितिमा रहेको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ।

Advertisement

रक्तसञ्चार केन्द्रले हाल उपलब्ध रगतले माग धान्न नसक्ने अवस्था सिर्जना भएको हुँदा जनसाधारण, सामाजिक संघसंस्था, युवायुवती, रगतदाताहरूसँग शीघ्र रक्तदान वा रक्तदान शिविर आयोजना गर्नको लागि विशेष अनुरोध गरिएको छ।

Advertisement

नेपाल रेडक्रस सोसाइटी, पर्सा शाखाका मन्त्री विनोद गिरीले हस्ताक्षरित अपिलपत्रमा तीन महिनामा एकपटक रक्तदान गर्ने परम्परालाई निरन्तरता दिन र जीवन रक्षार्थ अग्रसर हुन सबैलाई अनुरोध गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *