Categories अर्थ

तीन सयले घट्यो सुनको मूल्य

Advertisement

बिरगंज l सुनको मूल्य आज थप घटेको छ। आज चाँदीको मूल्य भने बढेको छ। गएको शुक्रबार तोलामा दुई हजार नौसय र आइतबार प्रतितोला एक हजार घटेको सुनको मूल्य आज थप तीनसय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको मूल्य आज तोलाको एक लाख ८८ हजार एकसय रुपैयाँमा झरेको छ। हिजो सुनको मूल्य तोलाको एक लाख ८८ हजार चारसय रुपैयाँ थियो। गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

Advertisement

आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ बढेको छ। आज चाँदीको मूल्य तोलाको दुई हजार एकसय ५० रुपैयाँ निर्धारण भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *