Categories समाचार

अमेरिकाबाट फेरि ३ जना नेपाली निष्कासित

Advertisement

काठमाडौँ l अमेरिकाले गैरकानुनी रूपमा बसोबास गरिरहेका आरोपमा फेरि तीन जना नेपाली नागरिकलाई निष्कासन गरेको छ। वली, डाँगी र केसी थर भएका ती तीन जनालाई अमेरिका स्थित अध्यागमन विभाग (आइस)ले पक्राउ गरी नेपाल फर्काएको हो।

स्रोतका अनुसार दुई जनालाई असार १२ गते र एक जनालाई असार ११ गते एयर इन्डियाको जहाजबाट भारत हुँदै काठमाडौँ फर्काइएको हो। उनीहरूलाई पक्राउ गर्दा कुनै पनि आधिकारिक बसोबाससम्बन्धी कागजात नभएको अमेरिकी इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस)ले जनाएको छ।

Advertisement

आइसले नेपालस्थित अमेरिकी दूतावाससँग समन्वय गर्दै ट्राभल डकुमेन्टको व्यवस्था गरी उनीहरूलाई देश निकाला गरेको हो। डोनाल्ड ट्रम्पको प्रशासनकालदेखि नै अमेरिका अवैध रूपमा बसोबास गरिरहेका आप्रवासीहरूमाथि कडाइ गर्दै आएको छ।

Advertisement

यस्ता निष्कासनक्रम जारी रहँदा, गत जेठको अन्तिम साता पनि ३७ जना नेपालीलाई अमेरिका सरकारले निष्कासन गरेको थियो। तीमध्ये ३२ पुरुष र ५ महिला थिए। उनीहरूलाई ओम्नी एयरलाइन्समार्फत काठमाडौँ पठाइएको थियो।

निष्कासित हुने अधिकांश नेपालीहरू तल्लो बाटो हुँदै अमेरिका प्रवेश गरेका थिए। कतिपयलाई सीमामा पक्राउ गरिएको थियो भने केहीलाई लुकीछिपी बसोबास तथा काम गरिरहेका स्थानबाट नियन्त्रणमा लिएको आइसले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *