Categories समाचार

कुश्तीमा मधेशको जित, सुजित यादवले दिलाए स्वर्ण पदक

Advertisement

वीरगन्ज । मधेश प्रदेशका कुश्ती खेलाडी सुजित यादवले अन्तर प्रदेश राष्ट्रिय कुश्ती प्रतियोगितामा ७० किलो तौल समूहमा स्वर्ण पदक जित्दै प्रदेशको शान बढाएका छन्।

खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेश प्रदेश सरकारद्वारा आयोजित प्रतियोगितामा विभिन्न प्रदेशका शीर्ष स्तरका पहलवानहरू सहभागी थिए।

Advertisement

तीव्र प्रतिस्पर्धाबीच यादवले अद्वितीय प्रदर्शन गर्दै सबै प्रतिस्पर्धीलाई पराजित गरे।

Advertisement

उनको विजयले मधेशमा कुश्ती खेलको विकास सम्भावनालाई थप बल दिएको छ। स्थानिय स्तरमा कुश्तीप्रति युवाहरूको आकर्षण बढाउने विश्वास लिइएको छ।

प्रदेश सरकारले यादवलाई बधाई दिंदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अझ ठूलो सफलता प्राप्त गर्न सक्ने क्षमतामा विश्वास व्यक्त गरेको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *