वीरगञ्ज । सामाजिक जागरण, नेतृत्व विकास र सकारात्मक परिवर्तनका लागि सक्रिय एलाइड यूथ सोसाइटी वीरगञ्ज शाखाले आफ्नो चौथो स्थापना दिवस भव्यताका साथ सम्पन्न गरेको छ।
आदर्शनगरस्थित त्रिशला रेस्टुरेन्टमा बुधबार आयोजित कार्यक्रमका प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल रहेका थिए। संस्थापक प्रमुख सल्लाहकार देवेश गुप्ताको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको थियो।
समारोहमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्र, सशस्त्र प्रहरी बलका एसपी राधेश्याम धिमाल, मधेस विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक शाक्य, समाजसेवी प्रकाश थारुलगायत व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा शिक्षा, समाजसेवा र नेतृत्व विकासमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरूलाई संस्थागत सम्मान प्रदान गरिएको थियो। साथै, आगामी दिनमा रोजगारीमुखी तालिम, स्वास्थ्य सचेतना कार्यक्रम र शिक्षा पहुँच विस्तारलाई प्राथमिकतामा राख्ने घोषणासमेत गरेको छ।
कार्यक्रमकै अवसरमा वीरगञ्ज शाखाको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।
नयाँ कार्यसमितिको नेतृत्व पीयूष साह कानुले गर्ने भएका छन्। पवन कलवार र आँचल यादव उपाध्यक्षमा चयन भएका छन् भने सन्नी श्रीवास्तव सचिव बनेका छन्। निभा पाल र निरञ्जन पाल सह–सचिवमा चयन भएका छन्।
प्रद्युम्न सर्राफ कोषाध्यक्ष, जलिन्द्र प्रसाद साह सह–कोषाध्यक्ष, विकास साह प्रवक्ता, आशिष राउत कुर्मी र समीक्षा चौरसिया जनसम्पर्क अधिकारी, मनु राज साह विभाग प्रमुख, आयुष कुमार गिरी समन्वयकर्ता र सञ्जीव यादव सिनेमाटोग्राफरको रूपमा चयन भएका छन्। सन्ध्या झासहित अन्य युवाहरू कार्यकारिणी सदस्यमा चयन गरिएको छ।
कार्यक्रममा संस्थापक अध्यक्ष ओम कुमार झाले नयाँ नेतृत्वप्रति विश्वास व्यक्त गर्दै संस्था अझ जिम्मेवार र प्रभावकारी रूपमा अघि बढ्ने बताएका थिए।
समारोहमा वार्षिक प्रतिवेदन प्रस्तुतिकरण, स्वागत मन्तव्य, सांस्कृतिक कार्यक्रम, अन्तरक्रियात्मक सत्र लगायत विविध प्रस्तुति समावेश गरिएका थिए।
कार्यक्रमको समापनमा “युवा सशक्तीकरण र सामाजिक सहकार्यको दशक” घोषणासहित संस्थाले आगामी गतिविधिहरूलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।






