Categories समाचार

वीरगञ्जमा जनमत पार्टी प्रवेश तथा सम्मान कार्यक्रम सम्पन्न

Advertisement

वीरगञ्ज । जनमत पार्टी पर्सा जिल्ला कार्यालयमा बुधबार मधेस प्रदेश सरकारका वन तथा वातावरण मन्त्री संजयकुमार यादवको स्वागत तथा सम्मानसहित भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

सोही अवसरमा बहुदरमाई नगरपालिकाका युवा नेता मुकेश यादवसहित विभिन्न दल र क्षेत्रबाट आएका नेताहरू जनमत पार्टीमा प्रवेश गरेका छन्।

Advertisement

पार्टी कार्यालयमा आयोजित कार्यक्रम मन्त्री यादवकै प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा सहभागी नेताहरूलाई पार्टीको औपचारिक सदस्यता प्रदान गर्दै टीका, अबिर र माला लगाएर स्वागत गरिएको थियो।

Advertisement

पार्टीमा प्रवेश गर्ने प्रमुख नेताहरूमा वीरगञ्ज महानगरपालिका–७ का संजय रौनियार, महानगरपालिका–८ की सरस्वती देवी, प्रमोद दास लगायतका दर्जनौं स्थानीय नेता तथा कार्यकर्ता छन्। उनीहरू सबैलाई मन्त्री यादवले पार्टीको उद्देश्य, मार्गदर्शन र भावी योजनाबारे जानकारी गराउँदै संगठनप्रति समर्पित भएर लाग्न आग्रह गरे।

कार्यक्रममा मन्त्री यादवले जनमत पार्टी स्वराज आन्दोलनको माटोबाट उब्जिएको शक्ति भएको उल्लेख गर्दै भने, “जनमत अब कुनै विकल्प मात्र होइन, परिवर्तनको लागि अपरिहार्य शक्ति बन्दै गएको छ। नयाँ पुस्ताका युवाहरूको आगमनले पार्टी अझ सबल र सशक्त बन्छ।”

पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्यहरू विद्यालाल प्रसाद, रम्भा मिश्रा, श्याम गुप्ता, अनिता रौनियार, प्रदेश सदस्य बृजेश्वर चौधरी, शिव यादव लगायत जिल्ला, नगर तथा वडास्तरीय नेताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा संगठन सुदृढीकरण, स्थानीय तहमा जनजागरण अभिवृद्धि गर्ने र आगामी राजनीतिक कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा समेत विस्तृत छलफल गरिएको थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *