Categories समाचार

विलासिता करविरुद्ध पर्साका व्यवसायी काठमाडौंको रिले अनशनमा

काठमाडौं । नेपाल सरकारले लागू गरेको २ प्रतिशत विलासिता कर तथा १३ प्रतिशत भ्याट (मूल्य अभिवृद्धि कर) को विरोधमा देशव्यापी रूपमा व्यवसायी र कालीगढहरू आन्दोलित भइरहेका छन्। उक्त विरोधका क्रमहरू अन्तर्गत काठमाडौंको शान्ति बाटिकामा जारी रिले अनशन आज सत्रौं दिनमा प्रवेश गरेको छ।

यस आन्दोलनमा पर्सा जिल्लाबाट उल्लेखनीय सहभागिता देखिएको छ। पर्साका व्यवसायी, सुनचाँदी संघका प्रतिनिधि, कालीगढ तथा उद्योगीहरू काठमाडौं पुगेर रिले अनशनमा ऐक्यबद्धता जनाइरहेका छन्। उनीहरू काठमाडौंमा व्यवसायीहरूका हकहितका लागि जारी आन्दोलनमा साथ दिन स्वयं उपस्थित भएका हुन्।

Advertisement

सुनचाँदी व्यवसायी महासंघका मधेश प्रदेशका पूर्व महासचिव प्रवेश सर्राफले जानकारी दिँदै भने, “सरकारको निर्णयले साना तथा मझौला व्यवसाय तहसनहस हुन्छ। हामी करको विरोधमा होइनौं, तर अनुचित कर संरचनाको विरोधमा हामीले ऐक्यबद्धता जनाएका हौं।”

Advertisement

उनका अनुसार पर्सा जिल्लामा पनि व्यवसायीहरूले पसल बन्द गर्दै निरन्तर आन्दोलन गर्दै आइरहेका छन्। अब काठमाडौंमा भइरहेको रिले अनशनमा पनि सक्रिय सहभागिता जनाइँदैछ।

पर्साबाट आएको यो उल्लेखनीय साथले आन्दोलनको राष्ट्रिय स्वरूपलाई अझ बल दिएको छ। आन्दोलनरत व्यवसायीहरूले सरकारसँग वार्ता र समाधानको अपेक्षा राखेपनि माग पूरा नभएसम्म संघर्ष जारी रहने चेतावनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *