Categories समाचार

धुवाँ होइन, आधुनिक वीरगञ्ज चाहिन्छ: घिमिरे

Advertisement

वीरगञ्ज । मुख्य सडक विस्तारको विरोधमा केही स्थानीय घरधनीले टायर बालेर प्रदर्शन गरेका छन्।

प्रदर्शनकै क्रममा खिचिएका तस्वीरहरूमा देखिएका भवनहरू वर्षौंदेखि जीर्ण, मर्मतसम्भारबिनाको, उजाड र रंगरोगन नभएको प्रति वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले प्रश्न गरेका छन् ।

Advertisement

यस्तो अवस्थामा सडक विस्तारको अवरोध गर्नु महानगरवासीको स्वास्थ्य र विकास दुबैको विरोध गर्नु सरह भएको बताएका छन्।

Advertisement

उनले भने, “यी घरहरूका मालिकहरू आफैंलाई थाहा थियो— एक दिन सडक विस्तार हुन्छ। त्यसैले यिनीहरू कहिल्यै यहाँ आधुनिक, सुन्दर भवन बनाउन अघि सरेनन्। परिणामस्वरूप, यहाँको मुख्य सडक किनारमा आधुनिक बहुतल्ले संरचनाहरू देख्न पाइँदैन।”

स्वकीय सचिवका अनुसार सडक साँघुरा हुँदा नगरवासीले वर्षौंसम्म सास्ती खेप्नुपरिरहेको थियो। त्यसैमा थप टायर बालेर कालो धुवाँ छरिएकोप्रति उनले गम्भीर चिन्ता व्यक्त गरे। “टायर जलाउँदा निस्कने कार्बनले वीरगञ्जबासीको फोक्सोलाई नोक्सान पुर्‍याउँछ। अब यस्तो कार्य रोकिनुपर्छ,” उनले भने।

उनले ऐतिहासिक शहरको चर्चा गर्दै थपे, “वीरगञ्ज आफैंमा गौरवपूर्ण इतिहास बोकेको ऐतिहासिक शहर हो। तर सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका सटरहरू ऐतिहासिक संरचना होइनन्। सडक विस्तारका क्रममा यस्ता अवैध संरचना हटाइनेछन्। तर साँच्चिकै ऐतिहासिक र सांस्कृतिक धरोहरहरूको संरक्षण गरिनेछ।”

घिमिरेले विजयपुर र सिमरा जस्ता नजिकका शहरहरू उदाहरण दिँदै भने, “सडक विस्तारपछि वीरगञ्जमा पनि सुन्दर, सुविधासम्पन्न भवनहरू बन्नेछन्। तर अहिलेलाई सटर भाडामा दिएर लाभ लिने मानसिकता, अनि त्यसको संरक्षण गर्न गरिएका हत्कण्डाले वीरगञ्जलाई पछाडि पारिरहेको छ।”

उनले अन्त्यमा अपील गर्दै भने, “अब वीरगञ्जवासीले अन्धविरोध होइन, समझदारी देखाउनुपर्छ। महानगरको विकास सबैको साझा उद्देश्य हो।”

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *