Categories समाचार

मञ्जुश्री फाइनान्सद्वारा केडिया आँखा अस्पताललाई दुई थान एसी प्रदान

वीरगञ्ज । कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत मञ्जुश्री फाइनान्स लिमिटेडले वीरगञ्ज शाखामार्फत आर.एम. केडिया आँखा अस्पताललाई दुई थान एयर कन्डिसन (एसी) प्रदान गरेको छ।

नेपाल नेत्र ज्योति संघको नेतृत्वमा सञ्चालन हुँदै आएको आर.एम. केडिया आँखा अस्पतालले विगत पाँच दशकदेखि सर्वसाधारणलाई आँखासम्बन्धी सेवा दिँदै आएको छ।

Advertisement

प्रारम्भमा पाँच शैयाबाट सुरु भएको अस्पताल अहिले १ सय ७५ शैयासहितको सुविधासम्पन्न अस्पतालमा रूपान्तरण भइसकेको छ।

Advertisement

प्रतीक्षालयमा बस्ने बिरामी तथा कुरुवाहरूलाई गर्मीबाट राहत प्रदान गर्ने उद्देश्यले मञ्जुश्री फाइनान्सले उक्त सहयोग गरेको जनाएको छ।

समाजप्रति उत्तरदायी भूमिका निर्वाह गर्दै आएको मञ्जुश्री फाइनान्सले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखामार्फत यस्ता सहयोग कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

हालसम्म मञ्जुश्री फाइनान्सले करिब २२ अर्ब रुपैयाँ निक्षेप संकलन तथा १८ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ।

निक्षेपमा आकर्षक ब्याजदर तथा कर्जामा सुलभ दर उपलब्ध गराउँदै आएको मञ्जुश्री फाइनान्सले हाल २७ वटा शाखा र एक विस्तारित काउन्टरमार्फत सेवा प्रदान गरिरहेको छ।

हालसम्म देशभर १ लाख ५० हजारभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको मञ्जुश्री फाइनान्स, देशकै अग्रणी फाइनान्स कम्पनीमध्ये एकका रूपमा स्थापित भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *