Categories समाचार

सांसद प्रभु हजराद्वारा नारायणी अस्पतालको निरीक्षण

Advertisement

वीरगञ्ज । संघीय सांसद प्रभु हजराले वीरगञ्जस्थित नारायणी अस्पतालको निर्माणाधीन संरचना तथा विभिन्न वार्डहरूको निरीक्षण गरेका छन्।

शुक्रबार सांसद हजरा अस्पताल पुगेका थिए। उनले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चुमनलाल दाशसहितको टोलीसँग निर्माणको प्रगति, सेवा विस्तारका योजना र हालका समस्याबारे जानकारी लिएका थिए।

Advertisement

निरीक्षणका क्रममा सांसद हजराले बन्दै गरेको क्याथ ल्याब, आपतकालीन कक्ष, शल्यक्रिया (सर्जिकल) वार्ड, प्रसूति सेवा, शिशु उपचार कक्ष, लगायतका सेवा केन्द्रहरूको अवस्थाबारे अवलोकन गरेका थिए।

Advertisement

निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद हजराले नारायणी अस्पताललाई अझ व्यवस्थित र जनमैत्री बनाउने दिशामा आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए। “यो अस्पताल मधेश प्रदेशको मात्रै होइन, देशकै महत्त्वपूर्ण सरकारी स्वास्थ्य संस्था हो,” उनले भने, “यसको स्तरोन्नति, सेवा विस्तार र पूर्वाधार मजबूतीका लागि संघीय सरकारबाट आवश्यक सहयोग गरिनेछ।”

मेसु डा. दाशले अस्पतालको भौतिक संरचना, शय्या संख्या, जनशक्ति तथा सेवा प्रवाहको अवस्था बारे सांसद हजरालाई जानकारी गराएका थिए। उनले निर्माणाधीन नयाँ भवनको कार्य प्रगतिबारे पनि विस्तृत विवरण दिएका थिए।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *