Categories समाचार समाज

‘कोही पनि भोकै न सुतून्’ : वीरगञ्जमा ‘रोटी बैंक’ अभियान पुनः सुरु

Advertisement

वीरगञ्ज । वीरगञ्जमा विगत १० वर्षदेखि सामाजिक सेवामा सक्रिय संस्था ‘इम्प्रुभिङ वीरगञ्ज’ ले हिजो साँझ (शुक्रबार) पुनः ‘रोटी बैंक’ परियोजनाको शुभारम्भ गरेको छ।

‘भोकमरी विरुद्धको आवाज’ नाराका साथ अघि बढ्दै आएको संस्थाले गरीब, असहाय तथा सडकमा बसोबास गर्ने व्यक्तिहरूका लागि निःशुल्क खाना वितरण गर्ने उद्देश्यले यो अभियान पुनः नयाँ उत्साहका साथ सुरु गरेको हो।

Advertisement

शुक्रबार साँझ ८ बजे वीरगञ्जको माइस्थान मन्दिर परिसरबाट रोटी बैंक परियोजनाको औपचारिक शुभारम्भ गरिएको संस्थाले जानकारी दिएको छ।

‘कोही पनि भोकै न सुतून्’ भन्ने मूल नारासहित सञ्चालन गरिएको यस अभियानमा संस्थाले स्थानीयवासी, व्यवसायी, युवाहरू तथा सम्पूर्ण समाजबाट सहकार्य र समर्थनको अपील गरेको छ।

संस्थाले अभियानलाई निरन्तरता दिँदै आगामी दिनमा अन्य क्षेत्रहरूमा पनि विस्तार गर्ने योजना बनाएको जनाएको छ।

सामाजिक उत्तरदायित्वमा समर्पित ‘इम्प्रुभिङ वीरगञ्ज’ ले यसअघि पनि रोटी बैंकमार्फत दैनिक सयौं व्यक्तिहरूलाई खाना वितरण गर्दै आएको थियो। कोरोना महामारी तथा अन्य विपद्को समयमा समेत संस्थाको सक्रियता उल्लेखनीय रहँदै आएको छ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *