Categories समाचार

डिप बोरिङको पानीमा राजनीति : नागरिकभन्दा भोटरलाई प्राथमिकता

Advertisement

वीरगञ्ज । वीरगञ्जका विभिन्न वडामा खानेपानीको चरम अभाव भइरहँदा पनि स्थानीय जनप्रतिनिधिहरूले सेवा वितरणमा भेदभाव गरेको स्थानीयवासीहरूले गुनासो गरेका छन्।

स्थानीयहरूका अनुसार वडाध्यक्षहरूले खानेपानीजस्ता आधारभूत सुविधामा समेत आफूनिकटका भोटर तथा कार्यकर्तालाई मात्रै प्राथमिकता दिँदै आएका छन्। “हामी पनि यही वडाका नागरिक हौं तर वडाध्यक्षले हाम्रो आवाज सुन्ने चासो राखेका छैनन्,” एक पीडित स्थानीय बासिन्दाले गुनासो गरे।

Advertisement

खानेपानी मन्त्रालय तथा वडा कार्यालयको पहलमा गरिएको डीप बोरिङ जडानको जिम्मा दिइएका ठेकेदार तथा कार्यकर्ताहरूले पनि सेवा वितरणमा समान व्यवहार नगरेको आरोप लागेको छ।

Advertisement

“ठूलो आशा गरेका थियौं, अब पानीको समस्या हल हुन्छ भनेर, तर पाइप त उनीहरूले आफ्ना मान्छेहरूका घरअगाडि मात्रै तानेका छन्,” अर्का एक स्थानीयले भने, “हामी पानीको हाहाकारमा छौं, तर सुविधा उनीहरूले आफन्त र नजिकका भोटरलाई मात्रै दिइरहेका छन्।”

पानीजस्तो जीवनदायिनी सेवामा समेत राजनीतिक पहुँच र सञ्जालले मात्र सुविधा पाउने अवस्था सिर्जना हुनु जनताको मौलिक अधिकारमाथिको अन्यायपूर्ण हस्तक्षेप भएको स्थानीय समाजसेवीहरूको भनाइ छ।

यसरी जीवनका आधारभूत आवश्यकतामा समेत राजनीति घुसेको देखिँदा वीरगञ्जका सर्वसाधारण निराश बनेका छन्। “हामी नागरिक हौं, भोट दिनेहरू मात्रै होइन, सबैलाई सेवा चाहिएको हो,” स्थानीयवासीहरू आक्रोशित छन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *