Categories समाचार

जब मध्यरातमा ‘४ जना मान्छे मारेको छु, मलाई समात्न आउनू’ भन्दै राजेन्द्रले प्रहरीलाई फोन गरे…

Advertisement

भोजपुर l भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका–२ धोत्लेखानीमा आइतबार राति एकै परिवारका चार जनाको हत्या भएको छ। घटनाका मुख्य अभियुक्त राजेन्द्र राईले आइतबार बिहान १ः१५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय भोजपुरमा फोन गरेर ‘मान्छे मारेको छु, मलाई समात्न आउनु’ भनेका थिए ।  

फोन प्राप्त भएपछि अस्थायी प्रहरी चौकी ओख्रेबाट प्रहरी निरीक्षक अशोक खवासको नेतृत्वमा टोली घटनास्थलतर्फ खटिएको थियो ।  उनलाई रामप्रसादराई–१ हुर्बु भञ्ज्याङस्थित सडक किनारमा पेटमा ३ ठाँउमा धारीलो हतियारले रोपिएको चोट रहेको अवस्थामा प्रहरीले  फेला पारेको थियो। 

Advertisement

उनको अवस्था गम्भीर भएपनि उनी बोल्न सक्ने अवस्थामा रहेको प्रहरीको भनाइ छ। प्रारम्भिक बयानमा उनले ‘सासुले चक्कु प्रहार गरेपछि’ आफूले प्रतिकारमा ससुरा, सासु, श्रीमती र सालोलाई चक्कु प्रहार गरेर मारेको स्वीकारेका छन्।

Advertisement

प्रहरीका अनुसार एउटै कोठाभित्र चार शव फेला परेका छन्। मृतकमध्ये ६८ बर्षिय बेलबहादुर गिरी, ४५ बर्षिय मञ्जु गिरी, राजेन्द्रकी श्रीमती र सालो रहेका छन्। प्रारम्भिक बयानमा राजेन्द्रले सासुले चक्कु प्रहार गरेपछि आफूले चार जनालाई हानेको बताएका छन्। राईलाई उपचारका लागि जिल्ला अस्पताल भोजपुरमा पठाइएको छ।

प्रहरीका अनुसार घटना पारिवारिक विवादकै कारण भएको हुन सक्ने देखिएको छ। यद्यपि घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र विस्तृत अनुसन्धान भइरहेको जानकारी दिइएको छ। साभार

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *