Categories समाचार

युवाको सोच, फेसनमा नयापन: ड्रेसअप वीरगञ्जको भव्य शुभारम्भ

Advertisement

वीरगञ्ज । वीरगञ्जको आदर्शनगर चोकस्थित ‘ड्रेसअप वीरगञ्ज’ नामक नयाँ फेसन स्टोरको भव्य रूपमा उद्घाटन गरिएको छ।

शनिवार बिहान आयोजना गरिएको उद्घाटन कार्यक्रममा स्थानीय व्यवसायी, युवा तथा सामाजिक अभियन्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Advertisement

उक्त स्टोरका सञ्चालक युवा कन्टेन्ट क्रिएटर सुर्या सर्राफ हुन्, जो सामाजिक सञ्जालमा प्रभावशाली सामग्री उत्पादन गर्दै युवाबीच लोकप्रिय छन्। फेसन, लाइफस्टाइल र समसामयिक विषयमा क्रिएटिभ कन्टेन्ट बनाउने सर्राफले आफ्नो क्रिएटिभ सोचलाई व्यवसायिक यात्रासँग जोड्दै ‘ड्रेसअप वीरगञ्ज’ सुरु गरेका हुन्।

Advertisement

दैनिक पहिरनदेखि विशेष अवसरका लागि आवश्यक आकर्षक पोशाकहरूको संग्रहसहित स्टोर सुरु गरिएको छ। उद्घाटनको अवसरमा आकर्षक छुट अफर पनि प्रदान गरिएको थियो।

सञ्चालक सर्राफले भने, “ड्रेसअप वीरगञ्जमार्फत हामी फेसनप्रेमीहरूलाई ट्रेन्डी र गुणस्तरीय वस्त्रहरू सहज मूल्यमा उपलब्ध गराउने लक्ष्य लिएका छौं। साथै युवालाई उद्यमशीलतामा प्रोत्साहन गर्ने उद्देश्य पनि हाम्रो अभियानको एक हिस्सा हो।”

फेसनप्रेमी तथा ग्राहकहरूका लागि नयाँ गन्तव्यको रूपमा ‘ड्रेसअप वीरगञ्ज’ले बजारमा छुट्टै पहिचान बनाउने अपेक्षा गरिएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *