Categories समाचार

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा विरोध, तत्काल रिहाइको माग

Advertisement

जनकपुरधाम । धनुषाबाट राष्ट्रिय एकता अभियानका प्रमुख नेताहरू मनीष हिन्दू (पूर्वे) र जीतेन्द्र दासलाई प्रहरीले बिना कारण पक्राउ गरेपछि संगठनले कडा आपत्ति जनाएको छ। लोकतान्त्रिक मूल्य र नागरिकको मौलिक अधिकारमाथि प्रहार भएको भन्दै संगठनले घटनाको घोर भर्त्सना गरेको छ।

अभियानले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “शान्तिपूर्ण र राष्ट्रवादी अभियानमा सक्रिय हाम्रा नेताहरूलाई अकारण नियन्त्रणमा लिनु सरासर अलोकतान्त्रिक र मानव अधिकारको गम्भीर उल्लङ्घन हो।” विज्ञप्तिमा घटनालाई अभिव्यक्ति स्वतन्त्रता तथा शान्तिपूर्ण भेला हुने अधिकारमाथि गरिएको सञ्यन्त्रपूर्ण दमनको रुपमा चित्रण गरिएको छ।

Advertisement

राष्ट्रिय एकता अभियानले धनुषा प्रशासन र नेपाल सरकारसँग नेताहरूको तत्काल र बिनाशर्त रिहाइको माग गर्दै, निर्धारित २४ घण्टा भित्र रिहा नभएमा देशव्यापी विरोध आन्दोलनको चेतावनी दिएको छ।

Advertisement

विदेशी प्रभाव, धार्मिक अतिवाद र सामाजिक अस्थिरता विरुद्ध लामो समयदेखि आवाज उठाउँदै आएको संगठनले यस्तो गिरफ्तारीलाई “नियोजित दमन” र “फासीवादी प्रवृत्तिको चरम अभिव्यक्ति” भन्दै आरोप लगाएको छ। संगठनका अनुसार, राष्ट्रवादी आन्दोलनलाई कमजोर पार्ने दुर्भावनासाथ नेताहरूलाई निशाना बनाइएको हो।

अभियानले सम्पूर्ण राष्ट्रप्रेमी नागरिक, मानव अधिकारकर्मी, सञ्चारकर्मी, नागरिक समाज, र जनप्रतिनिधिहरूलाई यस अन्यायपूर्ण कार्यको विरुद्ध ऐक्यबद्धता जनाउन र आवाज उठाउन अपिल गरेको छ।

राष्ट्रिय एकता अभियानले सरकारलाई सचेत गराउँदै भनेको छ, “नागरिक आवाजलाई दमन गरेर देशमा शान्ति स्थापित हुँदैन। यो गिरफ्तारीले लोकतन्त्र र न्याय प्रणालीको उपहास गरेको छ, र यसको गम्भीर परिणाम सरकार स्वयंले व्यहोर्नु पर्नेछ।”

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *