Categories समाचार

सार्वजनिक पानीमा सिधै मोटर होइन, ट्याङ्कीमार्फत मात्र चलाऔं

Advertisement

वीरगञ्ज । सार्वजनिक बोरिङ वा खानेपानी संस्थानमार्फत वितरण हुने पानीमा सिधै मोटर जडान गर्ने प्रवृत्तिले सबै उपभोक्तालाई समान रूपमा पानी वितरण नहुने समस्या बढ्दै गएको छ। यस्ता गतिविधि कानुनी रूपमा पनि दण्डनीय छन्।

खानेपानी तथा सरसफाइ क्षेत्रमा कार्यरत इन्जिनियर राकेश साहका अनुसार खानेपानीको लाइनमा सिधै मोटर जडान गर्नु कानुनी अपराध हो र यसले अन्य उपभोक्ताको अधिकारमा ठुलो अतिक्रमण गर्छ। यस्तो कार्यका कारण कमजोर दबाब भएका क्षेत्रका नागरिकहरू पीडित हुने गरेका छन्।

Advertisement

साहका अनुसार समाधानका लागि प्रत्येक घरमा रेजर्भोयर ट्याङ्की (Reservoir Tank) वा ५ सयदेखि १ हजार लिटर क्षमताको प्लास्टिकको ट्याङ्की स्थापना गर्नुपर्छ। सार्वजनिक लाइनबाट पानीलाई पहिलो चरणमा यस्ता ट्याङ्कीमा संकलन गरिनुपर्छ र त्यसपछि मात्र मोटरको प्रयोग गरी माथिल्लो ट्याङ्कीमा पठाइनु उपयुक्त हुन्छ। यसरी गर्दा सबैलाई बराबरी रूपमा पानी आपूर्ति हुने वातावरण सुनिश्चित गर्न सकिन्छ।

Advertisement

हाल वीरगञ्ज लगायतका धेरै स्थानमा जमिनमा ट्याङ्की बनाउने प्रवृत्ति देखिएको छैन। तर अब यस्तो प्रणाली अनिवार्य रुपमा अपनाउनु पर्ने समय आएको इन्जिनियर साहको भनाइ छ। ट्याङ्कीमार्फत पानी संकलन गरी मात्र मोटर जडान गर्दा सबैलाई समान पानीको पहुँच सुनिश्चित हुन्छ, जुन सामाजिक तथा कानुनी दृष्टिकोणले पनि उचित मानिन्छ।

खानेपानी वितरणलाई व्यवस्थित र न्यायसंगत बनाउने अभियानमा जनचेतना अभिवृद्धि आवश्यक भएको सरोकारवालाहरूले बताएका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *