Categories समाचार

पोखरीया नगरपालिकामा चालु आर्थिक वर्षमा नियुक्त सबै अस्थायी कर्मचारीको नियुक्ति बदर

Advertisement

पर्सा । पोखरीया नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा ज्यालादारी वा करार सेवामा नियुक्त गरिएका सम्पूर्ण कर्मचारीहरूको नियुक्ति बदर गर्ने निर्णय गरेको छ।

नगरपालिकाको असार २३ गतेको निर्णय अनुसार नगरपालिका अन्तर्गत कार्यरत नगर प्रहरी, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी, विद्यालयमा कार्यरत स्वयंसेवक शिक्षक, करारमा नियुक्त अन्य सबै कर्मचारी तथा विभिन्न संस्थामा खटाइएका करार सेवाका कर्मचारीहरूको नियुक्ति खारेज गरिएको हो।

Advertisement

प्रमुख प्रशासकीय अधिकृत राम विनय कुमार सिंहद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएअनुसार २०८१ सालको श्रावण १ गतेदेखि हालसम्म नियुक्त गरिएका कर्मचारीहरूलाई आगामी दिनमा कुनै पनि किसिमको कामकाजमा खटाउन नपाइने स्पष्ट गरिएको छ।

Advertisement

यस्ता कर्मचारीहरूलाई काममा लगाउने वा हाजिर गराउने जिम्मेवारी सम्बन्धित शाखा वा संस्था प्रमुख आफैंले वहन गर्नुपर्ने समेत चेतावनी दिइएको छ।

यो निर्णयको बोधार्थ अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौं, हेटौंडा कार्यालय, नगर प्रमुख तथा उप–प्रमुखलाई समेत पठाइएको जनाइएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *