वीरगंज । वीरगंज महानगरपालिका अन्तर्गतको राजस्व व्यवस्थापन महाशाखा शनिवार पनि खुला रहने भएको छ।
महानगरले जारी गरेको सूचनामा आर्थिक वर्ष २०८१/०८२ का लागि दैनिक रूपमा असुल हुँदै आएको सम्पत्ति तथा भूमिकर (मालपोत), व्यवसाय कर, बहाल करजस्ता राजस्वका विषयमा करदातालाई थप सुविधा मिलोस् भन्ने उद्देश्यले असार २८ गते शनिवारका दिन कार्यालय खुला राखिने जनाइएको छ।
महानगरले सबै करदातालाई समयमै कर तिर्न र सार्वजनिक सेवा उपभोगमा सहजता ल्याउन उक्त निर्णय गरिएको जानकारी गराएको छ।
राजस्व व्यवस्थापन महाशाखाले शनिवार पनि सेवा उपलब्ध गराउने यस निर्णयबाट कर तिर्न समय नमिलेका सेवाग्राहीलाई सहज हुने अपेक्षा गरिएको छ।






