Categories समाचार

नाउपाले दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सिंहले विश्वासको मत लिनुपर्ने

Advertisement

बिरगंज l मधेश प्रदेश सरकारलाई समर्थन दिएको नागरिक उन्मुक्ति पार्टी(नाउपा)ले औपचारिक रुपमा फिर्ता लिएको छ ।

सुदुरपश्चिम सरकारबाट समर्थन फिर्ता लिएको नाउपाले संघीय सरकारबाट समेत समर्थन फिर्ता लिइसकेको छ । मधेश प्रदेशमा नाउपाको एकजना सांसद छन् ।

Advertisement

नाउपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सतीश कुमार सिंहले विश्वासको मत लिनुपर्ने अवस्था आउने विपक्षी दलहरुले बताएका छन् ।

Advertisement

नाउपाकी सांसद उर्मिला देवी सिंहले समर्थन फिर्ता लिएकी घोषणा गरेकी छन् । उनी सो पार्टीकी एकमात्र समानुपातिक सांसद हुन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *