Categories समाचार

खडेरीले पारेको खानेपानी संकटबारे मन्त्री प्रदीप यादवको स्थलगत निरीक्षण

Advertisement

वीरगंज । तराई–मधेस क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न खडेरीले गम्भीर खानेपानी संकट निम्त्याएको विषयमा स्थलगत निरीक्षण गर्न खानेपानी मन्त्री प्रदीप यादव बुधबार वीरगंज आइ पुगेका छन्।

पर्सा, बारा, रौतहट लगायतका जिल्लाहरूमा अधिकांश चापाकल सुकेका छन्, जसले गर्दा जनजीवन अत्यन्त कष्टकर बनेको मन्त्री यादवले निरीक्षणपछि जानकारी दिए। उनले प्रभावित क्षेत्रका वडाहरू, टोलहरू तथा घर–घरमै पुगेर समस्या बुझेका छन्।

Advertisement

“यो प्राकृतिक विपत्तिमा पिडित नागरिकहरूप्रति म हार्दिक सहानुभूति प्रकट गर्दछु,” मन्त्री यादवले भने, “खानेपानी संकट समाधानका लागि वीरगंज महानगरपालिकाका विभिन्न प्रभावित क्षेत्रहरूमा स्थलगत अवलोकन भइरहेको छ।”

Advertisement

उनका अनुसार हालसम्म बारा र पर्सा जिल्लाका २ सय ३७ भन्दा बढी स्थानमा डिप बोरिङ सम्पन्न भए पनि समस्या पूर्ण रूपमा समाधान हुन सकेको छैन।

मन्त्री यादवले प्रदेश तथा स्थानीय सरकारका साथै खानेपानी तथा सरसफाइ क्षेत्रमा क्रियाशील राष्ट्रिय एवं अन्तर्राष्ट्रिय निकायहरूलाई आपसी समन्वय र सहकार्यका लागि अपिल गरेका छन्।

“हामी सबैको साझा प्रयास र एकताबाटमात्र यो संकट समाधान सम्भव छ भन्नेमा म पूर्ण विश्वस्त छु,” मन्त्री यादवले जोड दिए।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *