वीरगंज । रगतको अभाव तथा बिरामीहरूको उपचारमा देखिएको कठिनाइलाई ध्यानमा राख्दै नेशनल इन्फोटेक कलेज वीरगंजले आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
एकदिने छलफलपछि निर्णय गरिएको उक्त कार्यक्रम आज सम्पन्न भएको हो। कार्यक्रमको सफलताका लागि रक्तसञ्चार केन्द्र वीरगंजले प्राविधिक सहयोग प्रदान गरेको राजन श्रीवास्तवले जानकारी गराए ।
कार्यक्रममा २४ जना महिला सहित १ सय ६९ जना स्वेच्छिक रक्तदाताहरूले रगतदान गरेका छन्। यो अभियानले जीवनमरणको दोसाँधमा रहेका बिरामीहरूलाई राहत पुर्याउने विश्वास व्यक्त गरिएको छ।
रक्तदाताहरूको अमूल्य योगदानप्रति आयोजक संस्था, सञ्चारकर्मी, स्वयंसेवक र सम्पूर्ण सहयोगी हातहरूलाई नेशनल इन्फोटेक कलेजले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।
समाजमा मानवता र सहयोगको भावना बलियो बनाउन यस्ता कार्यक्रमहरू निरन्तर आवश्यक रहेको समेत आयोजकले जनाएका छन्।






