Categories समाचार

वीरगंजमा पानी समस्या समाधानबारे बैठक सम्पन्न

Advertisement

वीरगंज । वीरगंज महानगरपालिकामा आज पानीको समस्या समाधानसम्बन्धी एक महत्वपूर्ण बैठक सम्पन्न भएको छ। बैठकमा नगरप्रमुख राजेशमान सिंहको अध्यक्षतामा नेपाल खानेपानी संस्थानका पर्सा तथा बारा जिल्लाका प्रमुख, महानगरका अधिकारीलगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

बैठकमा वीरगंज लगायत तराई–मधेस क्षेत्रमा बढ्दो खानेपानी संकटको गम्भीर समीक्षा गर्दै यसको दिगो समाधानका लागि आवश्यक रणनीति तथा योजनाहरूमा घनिभूत छलफल गरिएको छ।

Advertisement

पानीको समस्या समाधानको उद्देश्यसहित संघीय खानेपानी मन्त्री तथा प्रतिनिधिसभा सदस्य (पर्सा क्षेत्र नं. १) प्रदीप यादव स्वयं वीरगंजमा उपस्थित रहे। मन्त्री यादवले जनताले भोगिरहेको पानीको चरम अभावप्रति गहिरो चिन्ता र पीडा व्यक्त गर्दै समस्याको समाधान गरेरै छाड्ने दृढ प्रतिबद्धता जाहेर गरे।

Advertisement

उनले भने, “खानेपानी संकट जलवायु परिवर्तन र खडेरीको असरसँग प्रत्यक्ष जोडिएको छ। यस्तो स्थितिमा सरकार जनताको आधारभूत आवश्यकताप्रति गम्भीर छ र कुनै कसर बाँकी राख्ने छैन।”

स्थलगत अवलोकन र प्रत्यक्ष संवादका लागि आफू वीरगंज आएको उल्लेख गर्दै मन्त्री यादवले समस्या समाधानका लागि संघीय सरकार स्तरबाट तिव्र पहल जारी रहेको बताए। बैठकमा सहभागी सरोकारवालाहरूले पनि संकट समाधानका लागि संयुक्त प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *