Categories समाचार

देवेश मानवसेवा बिरगञ्ज पब्लिक कलेजका ब्रान्ड एम्बेसडरमा नियुक्त

Advertisement

बिरगञ्ज । समाजसेवा, शिक्षा र युवा प्रेरणाका क्षेत्रहरूमा सक्रिय तथा लोकप्रिय व्यक्तित्व देवेश प्रसाद मानवसेवा बिरगञ्ज पब्लिक कलेजको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन्।

कलेज परिवारले उनलाई यस गरिमामय भूमिकामा स्वागत गर्दै हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ।

Advertisement

शिक्षा, सेवा र समाजप्रतिको योगदानमार्फत देवेशले निर्माण गरेको पहिचानले आजका युवाहरूमाझ सकारात्मक ऊर्जा र प्रेरणा फैलाइरहेको छ।

Advertisement

ब्रान्ड एम्बेसडरको हैसियतले उनले कलेज र विद्यार्थी समुदायबीच सेतुको भूमिका निर्वाह गर्दै ज्ञान, मूल्य र प्रेरणाको उज्यालो फैलाउने विश्वास कलेज प्रशासनले व्यक्त गरेको छ।

बिरगञ्ज लगायत मधेस प्रदेशमा युवाहरूमाझ अत्यन्त लोकप्रीय रहेका मानवसेवाको यो नयाँ जिम्मेवारीले कलेजको प्रतिष्ठा थप उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

कलेज परिवारले उनको नयाँ यात्रामा उत्तरोत्तर सफलता, ऊर्जा र समाजमा अझ प्रभावकारी योगदानको शुभकामना व्यक्त गरेको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *