Categories समाचार

वीरगन्जमा पानी संकट गहिरिँदै, मेयर सिंह राति टोल-टोलमा पुग्दै समस्या बुझ्दै

Advertisement

वीरगन्ज । वीरगन्ज महानगरपालिकामा पानीको चरम संकट कायमै रहेको छ । चापाकल लगायतका भौगोलिक जलस्रोतहरू सुकेपछि बासिन्दा दैनिक उपभोगका लागि पानीको जोहो गर्न हैरान छन् ।

यही सन्दर्भमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह आफैँ रातिको समयमा टोल-टोलमा पुगेर स्थानीयवासीसँग समस्याबारे जानकारी लिइरहेका छन् ।

Advertisement

पानी अभावको दीर्घकालीन समाधान खोज्न मेयर सिंहको नेतृत्वमा ईन्जिनियर र विषय विशेषज्ञहरूको टोली सक्रिय रूपमा काम गरिरहेको छ। टोलीले पानी व्यवस्थापनका उचित आधारहरू अध्ययन गरी आवश्यक स्थानमा बोरिङ, धाराको व्यवस्था, ट्याङ्करद्वारा पानी आपूर्ति, र प्लास्टिकको ट्याङ्की जडान जस्ता कार्यहरू तीव्र रूपमा अघि बढाइरहेको छ।

Advertisement

गर्मीका कारण पानीको अभाव चर्किंदै गएपछि मेयर सिंहले ट्याङ्करमार्फत पनि पानी वितरण गराउँदै स्थानीयको गुनासो सुन्न र समाधान खोज्न सक्रियता देखाएका हुन् ।

“पानी संकट समाधानका लागि महानगर हरसम्भव प्रयासमा जुटेको छ । जनताले पाएको दुःखलाई सहज बनाउन हामी दिनरात लागिरहेका छौँ,” मेयर सिंहले टोल भ्रमणको क्रममा बताएका छन् ।

पछिल्ला दिनमा भू-जलको सतह घट्दै गएकाले अधिकांश चापाकलहरू सुक्न थालेका छन् । यसले विशेषगरी मध्यम तथा निम्न आय भएका परिवारमा ठूलो असर पारेको छ । मेयर सिंहको सक्रियताले नागरिकमा आशा पलाएको देखिन्छ ।

स्थानीयवासीले भने समस्या दीर्घकालीन समाधानतर्फ केन्द्रित हुनुपर्ने माग गरेका छन् । पानी संकट समाधानका लागि दीर्घकालीन योजना र वैकल्पिक स्रोतको विकास आवश्यक रहेको मेयर सिंहको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *