Categories समाचार

साढे ६ महिनापछि आज बस्दै काठमाडौँ महानगर कार्यपालिका बैठक

Advertisement

काठमाडौँ l काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक शुक्रबार बस्दैछ। बैठक दिउँसो २ बजेका लागि तय गरिएको छ। प्रत्येक महिना बस्नुपर्ने महानगरको कार्यपालिका बैठक नबसेको शुक्रबार साढे ६ महिनापछि बस्न लागेको हो। पछिल्लो पटक पुस १४ गते १६औँ नगरसभा बसेको थियो।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईसँगको विवादका कारण बालेनले कार्यपालिका बोलाएका थिएनन्। उनलाई हटाएर मात्रै कार्यापालिका बोलाउने अडानमा रहेका बालेन अहिले भने उनी रहेकै अवस्थामा बैठक बोलाउने अवस्थामा पुगेका हुन्।

Advertisement

नगरसभा बस्न नसक्दा महानगरले वार्षिक बजेट समेत ल्याउन सकेको छैन। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार असार मसान्तसम्म आगामी आर्थिक वर्षको बजेट नगर सभाले पास गर्न नसके ‘बजेट होली डे’को हुनेछ । महानगर स्रोतका अनुसार शुक्रबार नै महानगरप्रमुखको संयोजकत्वमा हुने स्रोत अनुमान तथा बजेट निर्धारण समितिको बैठक बस्ने छ । त्यसपछि उपप्रमुख सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ।

Advertisement

शुक्रबारको कार्यपालिका बैठकले नै नीति तथा कार्यक्रम र बजेट नगर सभामा पेश गर्ने तयारी छ । सोही कार्यपालिकाले नगर सभाको मिति तोक्ने र असारभित्रै बजेट पास गर्ने तयारी रहेको स्रोतले बताएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *