Categories समाचार

वीरगञ्जमा शिक्षक सम्मेलन जारी, शिक्षामा रुपान्तरणको जोड

Advertisement

वीरगञ्ज । काठमाण्डौ विश्वविद्यालय स्कूल अफ एजुकेशन, Continuing and Professional Education Center (CPEC) को आयोजनामा वीरगञ्जमा एकदिने शिक्षक सम्मेलन जारी छ।

‘Transformative Learning in Action: Advancing knowledge and professionalism among educators in schools’ भन्ने नाराका साथ क्लार्क्स रिसोर्टमा भइरहेको यो सम्मेलन मधेश प्रदेशस्तरको महत्त्वपूर्ण शैक्षिक छलफलका रूपमा अघि बढिरहेको छ।

Advertisement

सम्मेलनमा शिक्षकमाझ परिवर्तनशील शिक्षण अभ्यास र व्यावसायिकताका विषयमा गहन छलफल भइरहेको छ। प्रारम्भिक सत्रमा सहभागीहरुलाई स्वागतसहित कीट वितरण गरिएको थियो।

Advertisement

औपचारिक उद्घाटन समारोहमा प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले शिक्षालाई व्यवहारिक र नतिजामूलक बनाउन शिक्षकको भूमिका अपरिहार्य रहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “शिक्षक शिक्षामा परिवर्तन ल्याउने मूल आधार हुन्। महानगरपालिका शिक्षामा रूपान्तरणको अभियानमा शिक्षकसँग काँध मिलाएर अघि बढ्न तयार छ।”

कार्यक्रमको अध्यक्षता काठमाण्डौ विश्वविद्यालय स्कूल अफ एजुकेशनका एसोसिएट डीन डा. प्रकाश चन्द्र भट्टराईले गर्नुभएको छ। विशिष्ट अतिथिमा वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद गौतम, शैक्षिक प्रशासन प्रमुख आनन्द लामिछानेलगायत विभिन्न शैक्षिक व्यक्तित्वहरुको उपस्थिति छ।

सम्मेलनमा शिक्षण अभ्यासमा नवप्रवर्तन, नेतृत्व विकास, र व्यावसायिक सीप अभिवृद्धि विषयमा सत्रहरू सञ्चालन भइरहेका छन्।

सम्मेलन दिनभर जारी रहनेछ। आयोजकका अनुसार यसले विद्यालयस्तरीय शिक्षामा दीर्घकालीन सुधारको मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *