Categories समाचार

वीरगञ्जमा दुई स्थानमा रक्तदान कार्यक्रम सम्पन्न, ९१ जनाले गरे रक्तदान

वीरगञ्ज । गर्मी याममा रक्तको अभाव हुने अवस्थालाई मध्यनजर गर्दै शनिबार वीरगञ्ज महानगरपालिका क्षेत्रका दुई स्थानमा रक्तदान कार्यक्रम सम्पन्न भएका छन्। सामाजिक संस्था र स्वास्थ्य सेवा प्रदायक संस्थाको सहकार्यमा आयोजित कार्यक्रममा ९१ जनाले रक्तदान गरेका छन्।

ब्रहमचोकमा सामाजिक युवा एकता क्लबको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ३ जना महिला सहित ५१ जनाले रक्तदान गरेका थिए। क्लब अध्यक्ष विक्की महतोको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वीरगञ्ज महानगरपालिका–१२ का वडा अध्यक्ष सुरेश गुप्ता प्रमुख अतिथि थिए।

Advertisement

यस्तै, नेपाल इण्डो हस्पिटल एण्ड आई सेन्टर प्रा.लि. द्वारा प्रतीमा चौकमा आयोजित अर्को रक्तदान कार्यक्रममा १ महिला सहित ४० जनाले रक्तदान गरेका थिए।

Advertisement

दुवै कार्यक्रममा सहभागी रक्तदातालाई प्रमाणपत्र र धन्यवाद पत्र प्रदान गरी सम्मान गरिएको थियो। आयोजक संस्थाहरूका अनुसार गर्मीयाममा देखिएको रक्त अभाव हटाउन र सर्वसाधारणमा रक्तदानप्रति चेतना अभिवृद्धि गर्न कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *