Categories समाचार

लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफूल वितरण

वीरगञ्ज । नेपालमा लेडिज सर्कलको स्थापना दिवसको अवसरमा वीरगञ्ज लेडिज सर्कल ३ ले नारायणी अस्पतालमा फलफूल वितरण गरेको छ।

संस्थाका अध्यक्ष नन्दनी अग्रवालको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममार्फत अस्पतालमा रहेका बिरामी कुरुवाहरूलाई ५५ किलो आँप र ३०० थान केरा वितरण गरिएको हो।

Advertisement

फलफूल वितरण कार्यक्रममा उपाध्यक्ष निधि जाटिया, सचिव श्रेया रुङटा, कोषाध्यक्ष नेहा अग्रवाल, पूर्वअध्यक्ष खुशबु सिंघानिया लगायत अन्य सदस्यहरूको समेत सक्रिय सहभागिता रहेको थियो।

Advertisement

कार्यक्रममा अध्यक्ष अग्रवालले “सेवा नै धर्म हो” भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै संस्था निरन्तर रूपमा सामाजिक सेवामा समर्पित रहेको बताइन्।

उनले महिलाको उत्थान, आत्मनिर्भरता, उत्प्रेरणा र सहयोगका लागि संस्था क्रियाशील रहेको उल्लेख गर्दै आगामी दिनमा सामाजिक सेवा सम्बन्धी विविध कार्यक्रमहरू सञ्चालन गर्ने योजना पनि साझा गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *