Categories एजेन्सी

पूर्व प्रेमिकालाई बिर्सन ६ दिनसम्म जंगलमा बास बसेपछि…

चीन l चीनको झेजियाङ क्षेत्रमा, सियाओलिन नामका एक केटाले आफ्नो पूर्व प्रेमिकालाई बिर्सन अनौठो तरिका अपनाएका छन्। उनले खान, पिउन मात्रै छोडेनन्, ६ दिनसम्म जंगलमा हराए पनि।

त्यो समयमा उनले जंगली फलफूल खाए र मुहानको पानी पिएर बिताए। लामो समय घर नआएपछि चिन्तित उनका दाइले प्रहरीमा उजुरी गर्नुपरेको थियो।

Advertisement

सीसीटीभी फुटेजमा सियाओलिन आफ्नो फ्ल्याटबाट डलाङ पहाडी क्षेत्रतर्फ निस्किएको देखिएको थियो।

Advertisement

युहाङ प्रहरीले तुरुन्तै कारबाही गर्यो। त्यसपछि एक सयभन्दा बढी अधिकारी, स्थानीय स्वयंसेवक, कुकुर टोली र ड्रोनको सहयोगमा सियाओलिनको खोजी सुरु गरियो।

६ दिनपछि २६ जुनको बिहान सियाओलिनलाई एउटा पार्कमा फेला पारिएको चिनियाँ सञ्चारमाध्यमले जानकारी दिएका छन्। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *