Categories समाचार

वीरगञ्ज-१२ मा डिप बोरिङको पानी प्रयोगमा अनियमितता, धेरैले मोटर जडान गर्दा अरू बञ्चित

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं १२ मा डिप बोरिङमार्फत वितरण गरिएको खानेपानीमा अनियमितता देखिएको छ। केही व्यक्तिहरूले आफ्नो निजी स्वार्थका लागि पाइपलाइनमा मोटर जडान गरी पानी तान्न थालेपछि अन्य सेवाग्राहीहरू पानीबाट बञ्चित हुन थालेका छन्।

स्थानीयवासीका अनुसार कोही–कोहीले दैनिक पानीको ट्यांकी नै भरिरहेका छन् भने धेरैजसो घरधुरीले सामान्य उपभोगका लागि पनि पर्याप्त पानी पाउन सकिरहेका छैनन्। यस्तो असमान वितरणले वडावासीमा असन्तोष फैलिएको छ।

Advertisement

सार्वजनिक रूपमा वितरण गरिने पानीमा यसरी निजी स्वार्थका लागि मोटर जडान गर्नु अनुचित मात्र नभई अन्यको हकमा समेत हस्तक्षेप भएको भन्दै स्थानीयहरूले वडाध्यक्ष तथा महानगरलाई तत्काल नियन्त्रणका लागि आग्रह गरेका छन्।

Advertisement

यस विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै स्थानीयवासीले निष्पक्ष अनुगमन र समानुपातिक वितरण प्रणालीको व्यवस्था मिलाउन माग गरेका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *