Categories समाचार

निजी विद्यालयमा पानी संकट: प्याब्सनद्वारा गराइयो ध्यानाकर्षण

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाभित्रका निजी विद्यालयहरूमा देखिएको पानी अभावको समस्या समाधानको माग गर्दै प्याब्सन वीरगञ्जले नगर प्रमुख राजेशमान सिंहलाई औपचारिक पत्रमार्फत ध्यानाकर्षण गराएको छ।

प्याब्सन वीरगञ्जका अध्यक्ष राहुल श्रीवास्तव र सचिव अमित आलोकले संयुक्तरूपमा नगर प्रमुख सिंह, प्रमुख प्रशासनिक अधिकृत अरबिन्दलाल कर्ण र शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेलाई पत्र बुझाउँदै तत्काल समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका हुन्।

Advertisement

पत्रमा हाल नगर क्षेत्रका अधिकांश निजी विद्यालयहरूमा पानीको चरम अभावले विद्यार्थीको स्वास्थ्य, पढाइ र विद्यालय सञ्चालनमा प्रतिकूल असर पारिरहेको उल्लेख गरिएको छ। शुद्ध पिउने पानी, शौचालयमा प्रयोग हुने पानी र सरसफाइका लागि आवश्यक पानीको अभावले शिक्षण कार्यमै अवरोध उत्पन्न भएको प्याब्सनको भनाइ छ।

Advertisement

विद्यालयहरूलाई प्राथमिकतामा राखी तुरुन्तै आवश्यक पानी आपूर्ति सुनिश्चित गर्न नगर कार्यपालिकासँग अनुरोध गरिएको छ। साथै दीर्घकालीन रूपमा यस्ता समस्या पुनः नदोहोरियोस् भन्नका लागि दिगो तथा प्रभावकारी योजना निर्माण गर्न सुझाव दिइएको छ।

प्याब्सनले विद्यालयहरूमा वातावरणीय सरसफाइ, स्वास्थ्य तथा विद्यार्थीको समग्र सुरक्षाका लागि पानीजस्तो आधारभूत सुविधाको सुनिश्चितता अपरिहार्य भएको भन्दै स्थानीय सरकारसँग तत्काल र दीर्घकालीन दुवै खालका पहलको अपेक्षा गरेको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *