Categories समाचार

छाउ गोठमा सुत्न गएकी एक महिलाको सर्पले टोकेर मृत्यु

कञ्चनपुर l कञ्चनपुरमा छाउपडी गोठमा सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउ गोठमा सुतेकी २८ वर्षीया कमला दमाईको गएराति सर्पदंशबाट ज्यान गएको हो।

राति करिब ८ बजेको समयमा करेत जातको विषालु सर्पले डसेपछि कमलालाई उपचारका लागि कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको थियो। उपचारकै क्रममा कमलाको मृत्यु भएको हो। स्थानीय सुचित्र सिंहकाअनुसार कमला छिमेकीको घरछेउको छाउगोठमा सुत्न गएकी थिइन्। उनी दुई महिनाअघि मात्रै भारतबाट घर फर्किएकी थिइन्।

Advertisement

परिवारको पक्की घर भए पनि अन्धविश्वास र गलत सामाजिक परम्पराका कारण छाउ गोठमा बस्न बाध्य भएको बताइएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *