Categories समाचार

खानेपानी समस्या समाधानमा सरकार गम्भीर छ : मन्त्री यादव

Advertisement

वीरगञ्ज । तराई–मधेस विशेषगरी वीरगञ्ज महानगरपालिकामा देखिएको खानेपानीको अभाव दिनप्रतिदिन गम्भीर बन्दै गएको सन्दर्भमा खानेपानी मन्त्री प्रदीप यादवले समस्या समाधानका लागि सरकार गम्भीर रूपमा लागिपरेको बताएका छन्।

मन्त्री यादवका अनुसार वीरगञ्जको खानेपानीको दीर्घकालीन समाधानका लागि एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा रु ४ अर्ब ५० करोडको बजेट व्यवस्था गरिएको छ।

Advertisement

हाल विभिन्न स्थानहरूमा डिप बोरिङ जडान गरी पानी वितरण सुरु गरिएको भए पनि अझै पनि धेरै ठाउँमा नागरिकले पानीको चरम अभाव भोग्नु परेको उनले बताए।

Advertisement

समस्या पहिचान तथा समाधानका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसिया र आफू पर्सा क्षेत्र नं. २ अन्तर्गतका गाउँ, टोल र वडाहरूको स्थलगत अनुगमनमा रहेको जानकारी दिँदै मन्त्री यादवले नेपाल खानेपानी संस्थान तथा सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै दीर्घकालीन समाधानका लागि आवश्यक पहल भइरहेको बताए।

सरकारको तर्फबाट वीरगञ्ज लगायत तराई–मधेस क्षेत्रमा खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने स्पष्ट प्रतिबद्धता मन्त्री यादवले व्यक्त गरेका छन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *