Categories समाचार

वीरगञ्जमा पत्रकारमाथि दुर्व्यवहार, दोषीमाथि कारबाहीको माग

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा समाचार संकलनको क्रममा दिशानिर्देश डटकमका पत्रकार आविद हुसैनमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघ, पर्सा शाखाको गम्भीर ध्यानाकर्षण भएको छ।

घटनाका सम्बन्धमा महासंघले एक विज्ञप्ति जारी गर्दै सञ्चारकर्मीले आम नागरिकलाई सूचना दिने पवित्र धर्म निर्वाह गर्ने क्रममा चिकित्सकहरूकै संलग्नतामा समाचार संकलनमा अवरोध पुग्नु र मोबाइल खोसेर भिडियो मेटिनु अत्यन्त आपत्तिजनक रहेको जनाएको छ।

Advertisement

महासंघका अनुसार पछिल्लो समय सञ्चारकर्मीमाथि भइरहेका दुर्व्यवहार तथा आक्रमणका घटनाले सम्पूर्ण पत्रकारिता क्षेत्र नै असुरक्षित बन्दै गएको यथार्थ झल्किएको छ।

Advertisement

सोही सन्दर्भमा महासंघले सम्बद्ध निकायलाई पत्रकार सुरक्षाप्रति गम्भीर र संवेदनशील हुन आग्रह गरेको छ।

नारायणी अस्पतालमा भएको उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन महासंघले सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *