Categories समाचार

घुस डिल प्रकरणमा नाम जोडिएका पुन र लामाद्वारा खण्डन, निष्पक्ष छानबिनको माग

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग जोडिएको घुस डिल प्रकरणमा मिडियामा नाम जोडिएका खेम पुन र सुजन लामाले आफूमाथि लागेको आरोपलाई खारेज गरेका छन्।

दुई फरक–फरक विज्ञप्तिमार्फत सार्वजनिक भएका पुन र लामाले सार्वजनिक अडियो नक्कली भएको दाबी गर्दै सो अडियोको वैज्ञानिक परीक्षण (फरेन्सिक परीक्षण) गरिनु पर्ने माग गरेका छन्।

Advertisement

प्रकरणमा मन्त्री गुप्ता स्वयंले पनि अडियो बनावटी भएको दाबी गरिसकेका छन्। अडियोमा उल्लेखित भनिएका अन्य पक्षहरूले समेत उक्त प्रकरणलाई षड्यन्त्रपूर्ण र तथ्यविहीन भनेका छन्।

Advertisement

“आजको प्रविधिको युगमा कसैको चरित्र हत्या गर्न नक्कली सामग्री तयार पारेर राजनीतिक लाभ लिन खोजिने प्रवृत्ति बढ्दो छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

यसैले कुनै पनि निष्कर्षमा नपुगी, प्रमाण र तथ्यमा आधारित निष्पक्ष र वैज्ञानिक छानबिन हुनुपर्नेमा उनीहरूले जोड दिएका छन्।

सम्बन्धित निकायहरूलाई दबाबको आधारमा नभई, सत्य र न्यायको पक्षमा उभिन पुन र लामाको आग्रह छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *