Categories अन्तर्राष्ट्रिय

अमेरिकामा दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु, दुई जना घाइते

Advertisement

वीरगञ्ज । अमेरिकामा कार दुर्घटनामा परेर दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । 

दुर्घटनामा लुइसियाना टेक विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरू २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको मृत्यु भएको हो । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

Advertisement

भारी वर्षाका कारण कार दुर्घटनामा परेको र उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले लुइसियाना प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

Advertisement

घटनाबारे लुइसियाना राज्य प्रहरीले अनुसन्धान गरिरहेको छ । कार दुर्घटना १३ जुलाईको राति ९ बजेतिर भएको थियो ।

लुइसियाना राज्य प्रहरीका अनुसार, होन्डा एकर्ड कार यादवले चलाएका थिए । उक्त कारमा यादवसहित चार जना सवार थिए । गाडी सडकभन्दा बाहिर पुगेर रूखमा ठोकिँदा दुर्घटना भएको प्रहरीको भनाइ छ । कारमा सवार अन्य दुई जनालाई भने उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । 

यसैबिच, लुइसियाना टेक विश्वविद्यालयले दुई विद्यार्थीको मृत्युको घटनाबारे दुःख व्यक्त गरेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *