Categories शिक्षा समाचार

वीरगञ्ज महानगरद्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले शैक्षिक सत्र २०८२/२०८३ का लागि कक्षा ९ र ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि अनलाइन आवेदन फाराम भर्न आह्वान गरेको छ।

शैक्षिक प्रशासन महाशाखाबाट जारी सूचनाअनुसार कक्षा ८ (BEE) वा SEE परीक्षामा सफल भई छात्रवृत्तिका लागि योग्य भएका विद्यार्थीहरूले आगामी श्रावण १ गते बिहान १०:०० बजेदेखि श्रावण १५ गते राति ११:५९ बजेसम्म महानगरपालिकाको scholarship.birgunjmun.gov.np वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

Advertisement

छात्रवृत्ति कार्यक्रम कक्षा ९ र कक्षा ११ दुबै तहमा उपलब्ध हुने जनाइएको छ। विद्यार्थीहरूको छनोट प्रक्रिया परीक्षा वा GPA को आधारमा गरिनेछ भने परीक्षा सम्बन्धी विस्तृत जानकारी पछि प्रकाशन गरिनेछ।

Advertisement

अनलाइन फाराम निशुल्क रूपमा भर्न सकिनेछ। फाराम पेस गर्नु अगाडि सम्पूर्ण विवरणहरू पुनः जाँच तथा सम्पादन (Edit/Preview) गर्ने सुविधा राखिएको छ।

एकपटक फाराम पेस गरी confirmation प्राप्त गरेपछि मात्र, विशेष अवस्थामा महानगरपालिकाको SMS अनुरोधअनुसार सच्याउन सकिने प्रावधान उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *