Categories समाचार

बल्ल खुल्यो प्रदेश सरकारको आँखा, खानेपानी संकट समाधानमा आपतकालीन पहल सुरू

Advertisement

वीरगञ्ज । वीरगञ्जसहितका विभिन्न स्थानमा जारी चरम खानेपानी संकटलाई लिएर जनस्तरमा तीव्र असन्तोष बढिरहेका बेला बल्ल प्रदेश सरकारले आपतकालीन रूपमा कदम चालेको छ।

प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णयअनुसार प्रदेश सरकारसँग रहेका ८ वटा वारुणयन्त्रहरू अति प्रभावित क्षेत्रहरूमा खानेपानी आपूर्ति गर्न आज खटाइएको छ। तीमध्ये प्रत्येक वारुणयन्त्रको क्षमता ५ हजार लिटर रहेकोले एकपटकमा ४० हजार लिटर पानी आपूर्ति गरिनेछ।

Advertisement

यी वारुणयन्त्रहरू २४ सैं घण्टा सञ्चालनमा रहने छन्, जसको व्यवस्थापन प्रदेश सरकारले गर्नेछ भने सञ्चालन नेपाली सेनाबाट गरिनेछ।

मुख्यमन्त्री सतीश सिंहले प्रदेश सरकारले यसअघि पनि वन कार्यालयका ३ वटा ट्याङ्कर परिचालन गरिसकेको र थप रूपमा सेनाबाट ७ वटा ट्याङ्कर र एकवटा वारुणयन्त्र पठाउने तयारी भइरहेको जानकारी दिए।

“सुक्खा र खानेपानी संकटका कारण प्रभावित प्रदेशवासीको पीडामा प्रदेश सरकार नागरिकसँगै छ,” मुख्यमन्त्री सिंहले भने। उनले संघीय, स्थानीय सरकार र दातृ निकायसँग समन्वय गर्दै साधन स्रोतको अधिकतम प्रयोगमार्फत दीर्घकालीन समाधानमा लागिने प्रतिवद्धता पनि जनाए।

जनदबाबपछि प्रदेश सरकारको तर्फबाट देखिएको यो सक्रियतालाई धेरैले “बल्ल खुल्यो सरकारको आँखा” भन्दै प्रतिक्रिया दिएका छन्। स्थानीयहरू भने दीर्घकालीन समाधानका लागि अझ स्पष्ट योजना र प्रतिबद्धता खोजिरहेका छन्।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *