Categories समाचार

वीरगञ्ज-२४ मा खानेपानी संकट समाधानमा पटेलको अग्रसरता, मन्त्री र मेयरको साथ

Advertisement

वीरगञ्ज । खानेपानीको चरम अभाव भइरहेको बेला वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ मा जनता समाजवादी पार्टीका युवा नेता तथा वडा अध्यक्ष पदका प्रत्यासी रामानन्द पटेल घर–घरमा पानी पुर्‍याउन सक्रिय देखिएका छन्।

स्थानीय वडाबासीले निर्वाचित जनप्रतिनिधिहरूबाट खासै चासो नपाएको भन्दै गुनासो गरेपछि पटेल आफैँ टोलटोलमा पुगेर समस्या बुझेका थिए। जनगुनासोपछि उनले खानेपानी मन्त्री प्रदीप यादव र वीरगञ्जका मेयर राजेशमान सिंहसँग समन्वय गरेर पानी व्यवस्थापनको अभियान थालनी गरेका हुन्।

Advertisement

पटेलको नेतृत्वमा हालसम्म वडा नम्बर २४ का विभिन्न स्थानहरूमा ८ वटा डिप बोरिङ गरिएका छन्। ती बोरिङहरूबाट पाइपलाइनमार्फत स्थानीय बासिन्दाका घर–घरमा नल जडान गरी खानेपानी पुर्‍याउने व्यवस्था मिलाइएको छ।

Advertisement

“वडाबासीको पीडा हेरेर म चुप बस्न सक्दिनँ, मन्त्रीज्यू र मेयरसाबको सहयोगमा टोल टोलमा बोरिङ गरेर पानी पुर्याउने काममा लागेको छु,” पटेलले बताए। उनले भने,”बाकी ठाउँमा पनि आवश्यकता अनुसार बोरिङ गर्नेछौं ।”

उनको यो प्रयासलाई नगर प्रमुख सिंहले सकारात्मक रूपमा लिँदै भने, “स्थानीय तहका युवाहरू सक्रिय भएर अगाडि आउँदा समस्या समाधानमा सहजता आउँछ। पटेलजस्ता नेतृत्वले उदाहरणीय कार्य गरिरहेका छन्।”

त्यसैगरी, खानेपानी मन्त्री प्रदीप यादवले पनि वीरगञ्जको खानेपानी समस्या समाधान गर्नका लागि केन्द्र सरकार सदैव तयार रहेको बताएका छन्। “रामानन्द पटेलजस्ता युवाको उत्साह र जनताको चाहनालाई बुझ्ने क्षमताले वडा विकासमा टेवा पुग्नेछ,” मन्त्री यादवले उल्लेख गरे।

स्थानीयवासीहरू पनि पानी व्यवस्थापनका लागि पटेलको सक्रियता र जनस्तरसँगको सम्पर्कबाट सन्तुष्ट देखिएका छन्। “हामीले हाम्रो समस्या भन्नासाथ उहाँ आफैँ आएर हेर्नुभयो, काम सुरु गरिदिनुभयो,” एक स्थानवासीले बताए।

वडा २४ मा पटेलको पहलमा अगाडि बढेको यो खानेपानी व्यवस्था अभियानले केवल समस्याको समाधान मात्र होइन, नेतृत्वको उत्तरदायित्व बोध र समर्पणको उदाहरण पनि प्रस्तुत गरेको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *