Categories रासस

नेपाल – भारत सीमानाका बन्द हुने

Advertisement

बैतडी l भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुला जिल्लास्थित नेपाल – भारत सीमा नाका बन्द हुने भएको छ ।

यही जुलाई २४ र २८ (आगामी साउन ८ र १२ गते) भारतको उत्तराखण्ड प्रदेशमा पञ्चायत निर्वाचन हुँदैछ । उक्त निर्वाचनलाई मध्यनजर गरेर बैतडी र दार्चुलाका भारतसँग सीमा जोडिएका नाकाहरू बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।

Advertisement

उहाँका अनुसार दार्चुलाको पुलघाट नाका जुलाई २१ आगामी साउन ५ गते) बेलुकादेखि जुलाई २४ (साउन ८ गते) बिहानसम्म बन्द हुनेछन् । यस्तै बैतडीको झुलाघाट नाका साउन ९ गतेदेखि साउन १२ गतेसम्म बन्द रहने उहाँले जानकारी दिनुभयो । उक्त अवधिमा आकस्मिक रूपमा नाका खोल्नुपरेमा दुवै देशको आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ । रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *