Categories समाचार

सवारी र कबाडी कर टेण्डरमा जालझेल, महानगरले गर्‍यो खारेज

Advertisement

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि सवारी व्यवस्थापन कर र कबाडी कर संकलनका लागि आह्वान गरिएको टेण्डर प्रक्रिया नै खारेज गरेको छ। ठेकेदारहरुबीचको आपसी मिलेमतो र कृत्रिम प्रतिस्पर्धाको आशंका उठेपछि महानगरले यस्तो निर्णय लिएको हो।

महानगरको प्रारम्भिक अनुसन्धानबाट ठेकेदारहरूले सामान्य रकमको फरक देखाएर प्रतिस्पर्धा भएको झल्काउने प्रयास गरेको प्रमाणित भएपछि मेयर राजेशमान सिंहको निर्देशनमा टेण्डर प्रक्रिया तत्काल रद्द गरिएको राजस्व व्यवस्थापन महाशाखाका प्रमुख मनोज कर्णले जानकारी दिए।

Advertisement

सवारी करको टेण्डरमा ३० वटा फारम बिक्री भए पनि केवल ३ वटा मात्र आवेदन परेका थिए। त्यस्तै, कबाडी करतर्फ ३३ फारम बिक्री भए पनि १३ जनाको मात्र सहभागिता देखिएको थियो। सवारी करको ठेक्का ३ करोड ५० लाखमा अन्कित कन्स्ट्रक्सनले र कबाडी करको ठेक्का समान रकममा सुसिम कन्स्ट्रक्सनले हात पारेका थिए।

Advertisement

तर, अघिल्लो वर्ष यी कर संकलन ठेक्काहरू क्रमशः ६ करोड ७१ लाख र ४ करोड ३० लाखमा लिएको पृष्ठभूमिमा यस वर्षको न्यून प्रस्ताव र संख्यात्मक अन्तरले मिलेमतोको गन्ध दिएको हो। प्रारम्भिक छानबिनबाट केहि ठेकेदारहरूबीच करिब २ करोड रुपैयाँको भागबन्डा गरेर ठेक्का सस्तोमा हात पार्ने योजनामा केही जनप्रतिनिधिहरूको पनि संलग्नता देखिएको संकेत भेटिएको छ।

महानगरले अब निष्पक्ष र पारदर्शी प्रतिस्पर्धालाई प्राथमिकता दिँदै नयाँ टेण्डर प्रकृया सुरु गर्ने तयारी गरेको छ। यस सम्बन्धमा चाँडै नयाँ सूचना प्रकाशन गरिने जनाइएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *