Categories समाचार

सर्पदंशका कारण १४ महिने शिशुको मृत्यु

Advertisement

कपिलवस्तु l कपिलवस्तुमा १४ महिने शिशुको मृत्यु भएको छ । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ मा सर्पदंशका कारण १४ महिने शिशुको मृत्यु भएको हो ।

झगरु पासवानकी छोरी सङ्गीता पासवानको गएराति सुतिरहेको अवस्थामा सर्पले डसेको थियो । सर्पले डसेपछि अचेत भएकी उनलाई तत्काल उपचारका लागि बहादुरगञ्ज अस्पताल लगिएको थियो ।

Advertisement

त्यहाँ उपचार सम्भव नभएपछि गोरुसिङ्गे सर्पदंश उपचार केन्द्र पठाइएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *