Categories शिक्षा

वीरगञ्जमा सम्पन्न भयो “प्रोजेक्ट शिक्षा ३.०” अन्तर्गत छात्रवृत्ति परीक्षा, २५० विद्यार्थीको उत्साहजनक सहभागिता

वीरगञ्ज । शैक्षिक रूपान्तरणको लक्ष्यसहित अघि बढिरहेको १००’s ग्रुप नेपालले सञ्चालन गरेको “प्रोजेक्ट शिक्षा ३.०” अन्तर्गत छात्रवृत्ति परीक्षा वीरगञ्जमा सम्पन्न भएको छ।

कक्षा ११ र १२ मा अध्ययनरत तथा अध्ययन गर्न चाहने मेहेनती र इच्छाशील विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको यो परीक्षामा कुल २५० जनाले सहभागिता जनाएका थिए। आर्थिक रुपमा विपन्न तर प्रतिभाशाली विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजक पक्षले जनाएको छ।

Advertisement

छात्रवृत्ति परीक्षा वीरगञ्जस्थित ब्राइट पब्लिक कलेजमा सञ्चालन गरिएको थियो। परीक्षा केन्द्रको व्यवस्थापनदेखि विद्यार्थीहरूलाई सहज वातावरण सुनिश्चित गर्न कलेज प्रशासनले भरपूर सहयोग पुर्‍याएको आयोजक संस्थाले जनाएको छ।

Advertisement

१००’s ग्रुप नेपालले “प्रोजेक्ट शिक्षा ३.०” लाई मुलुकव्यापी शैक्षिक जागरणको अभियानका रूपमा अघि बढाएको छ। यस अन्तर्गत विभिन्न सहरहरूमा छात्रवृत्तिसम्बन्धी कार्यक्रम निरन्तर रूपमा सञ्चालन गरिने र शिक्षा पहुँचबाट वञ्चित विद्यार्थीहरूलाई निःशुल्क अध्ययनको अवसर सुनिश्चित गरिने योजना रहेको छ।

कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा ब्राइट पब्लिक कलेजप्रति आयोजकले आभार व्यक्त गरेको छ। साथै, छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीहरूको नाम निकट भविष्यमा सार्वजनिक गरिने जानकारी पनि दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *