Categories समाचार

वीरगन्जमा रक्तदान अभियान : ‘एक घर, एक रक्तदाता’ नारासहित जनचेतना कार्यक्रम सञ्चालन

Advertisement

वीरगन्ज । वीरगन्ज क्षेत्रमा बढ्दो रक्त अभाव र उपचारमा देखिएको चुनौतीलाई ध्यानमा राख्दै नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्र वीरगन्जको समन्वयमा गौतम स्कुलको आयोजनामा यही शनिबार ‘एक घर, एक रक्तदाता’ नारासहित रक्तदान कार्यक्रम आयोजना हुने भएको छ।

अभियानको उद्देश्य रक्तदानप्रति समाजमा चेतना जगाउनुका साथै बिरामीको जीवनरक्षाका लागि नियमित रक्तदान संस्कार स्थापित गर्नु रहेको छ।

Advertisement

कार्यक्रम अन्तर्गत विद्यालयका २१ सय भन्दा बढी विद्यार्थीलाई रक्तदानको महत्त्व, रक्तदान गर्दा हुने फाइदाहरू र रक्त आवश्यकताका बेला कसरी यसले ज्यान बचाउन सक्दछ भन्ने विषयमा कक्षा प्रशिक्षण दिइएको छ।

Advertisement

विद्यार्थीमार्फत अभिभावकसम्म जानकारी पुर्‍याउन पर्चा–पम्पलेट वितरण गरिएको छ, जसको संयोजन नेपाल रेडक्रसका स्वयंसेवक टोलीहरूले गरेका हुन्।

सामाजिक अभियन्ता तथा रक्तसञ्चार केन्द्र वीरगन्जमा कार्यरत राजन श्रीवास्तवका अनुसार, “रक्तको अभावका कारण थुप्रै बिरामीहरू समयमै उपचार पाउनबाट बञ्चित हुँदै आएका छन्। यस अभियानबाट प्रत्येक घरबाट कम्तीमा एक जनालाई रक्तदाता बनाउन सकियो भने समाजमा सकारात्मक प्रभाव पर्नेछ।”

रक्तसञ्चार केन्द्रका प्रमुख सौरभ राज पाण्डेका अनुसार वीरगन्जमा नियमित रूपमा देखिने रक्त अभावको समस्या सामूहिक प्रयासबाट मात्र समाधान हुन सक्दछ। ‘एक घर, एक रक्तदाता’ अभियानले समुदायमा दीर्घकालीन परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

प्रशिक्षकको रूपमा रक्तसञ्चार केन्द्रका प्रमुख पाण्डे, श्रीवास्तव तथा देवेश गुप्ता रहेका थिए।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *