Categories समाचार

पर्सामा खानेपानी अभावलाई मध्यनजर गर्दै ट्याङ्कर सेवा सुरु

पर्सा । पर्सा जिल्लाका विभिन्न स्थानहरूमा पछिल्लो समय खानेपानीको अभाव देखिन थालेपछि मधेश प्रदेश सरकारले उपलब्ध गराएको ट्याङ्करहरूबाट खानेपानी वितरण कार्य सुरु गरिएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार नेपाली सेना, श्रीजंग गण पर्साबाट परिचालित ट्याङ्करहरूले बिहान ५ बजेदेखि राति १० बजेसम्म खानेपानी वितरण गर्दै आएका छन्।

Advertisement

खानेपानीको समस्या भोगिरहेका व्यक्ति तथा टोलवासीहरूले टोल फ्री नम्बर ९८५५०१७९९७ मा फोन गरी जानकारी गराउन सक्नेछन्। साथै, थप जानकारी वा गुनासोका लागि प्रमुख जिल्ला अधिकारीको नम्बर ९८५५०७७७७७ मा सम्पर्क गर्न सकिनेछ।

Advertisement

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सबैलाई आग्रह गर्दै सो सेवा उपयोग गर्न अनुरोध गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *