Categories समाचार

पर्सामा सुनचाँदी व्यवसायीहरूले करको विरोधमा पसल बन्द गर्ने

Advertisement

वीरगञ्ज । नेपाल सरकारको आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत लागू गरिएको अव्यवहारिक कर नीति र आन्तरिक राजस्व कार्यालयबाट आएको बिल, बीजक तथा जरिवानाका कारण पर्साका सुनचाँदी व्यवसायीहरू व्यवसाय सञ्चालन गर्न अन्यौलमा परेका छन्।

पर्सा सुनचाँदी व्यवसायी संघ तथा पर्सा सुनचाँदी कालिगढ संघको २०८२ साल साउन १ गते बसेको संयुक्त बैठकले उक्त कर नीति विरुद्ध आक्रोश व्यक्त गर्दै आज साउन १ गते साँझ ६ बजेदेखि अर्को सूचना नभएसम्म सम्पूर्ण व्यवसाय तथा पसलहरू बन्द गर्ने निर्णय गरेको छ।

Advertisement

संघले जारी गरेको सूचनामा भनिएको छ, “हाम्रो व्यवसाय पलायन हुने खतरा बढ्दै गएको अवस्थामा बाध्यतावश व्यवसाय बन्द गर्ने निर्णयमा पुगेका छौँ।”

Advertisement

त्यसैगरी, बन्द अवधिमा कसैले व्यवसाय सञ्चालन गरेको पाइएको खण्डमा पहिलो पटक रु ५१०० र दोस्रो पटक रु ११,००० जरिवाना गरिने जानकारी पनि दिइएको छ।

संघले व्यवसायीहरूलाई एकताबद्ध भई आन्दोलनमा सहयोग गर्न आग्रह गरेको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *