वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय, पर्साले राष्ट्रिय परिचयपत्र सेवाको समय सम्बन्धी नयाँ व्यवस्था लागू गरेको जानकारी गराएको छ।
यसअघि बिहान ७:३० बजेबाट साँझ ५:०० बजेसम्म सेवा दिइँदै आएकोमा अबदेखि नियमित रूपमा विहान १०:०० बजेबाट कार्यालय समयभित्र सेवा प्रवाह गरिनेछ।
नयाँ समय व्यवस्था आगामी आइतबार २०८२ साउन ४ गतेदेखि लागू हुनेछ।
प्रशासकीय अधिकृत दिपक कुमार पटेलद्वारा हस्ताक्षरित सूचनामा, सेवा सम्वद्ध सबैलाई समय परिवर्तनको जानकारी गराउँदै आवश्यक समन्वय गर्न समेत अनुरोध गरिएको छ।






