Categories समाचार

विष खुवाएर शिक्षकको हत्या, ३ जना पक्राउ

Advertisement

काठमाडौं l विष खुवाएर शिक्षकको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । धनगढी घर भएका ४५ वर्षीय शिक्षक जगदीश पन्तको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई प्रकाउ गरेको हो ।

लालीका प्रहरी प्रवक्ता डीएसपी राजकुमार सिंहका अनुसार टीकापुर नगरपालिका- १ का ३६ वर्षीय लोकेन्द्र रावल, जानकी गाउँपालिका-९ अमरावतीका ३४ वर्षीय सुनिल रावल र टीकापुर नगरपालिका- १ चारकठ्ठाका ३२ वर्षी वीरेन्द्र हमाल प्रकाउ परेका छन् ।

Advertisement

पन्त जानकी गाउँपालिका-४ को मनुवामा रहेको जनता माध्यमिक विद्यालयमा शिक्षण गर्दै आएका थिए । शनिबार दिउँसो उनको शंकास्पद मृत्यु भएपछि उनीहरुविरुद्ध शिक्षकका परिवारले विष खुवाएर हत्या गरेको उल्लेख गरी जाहेरी दिएपछि अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको डीएसपी सिंहले बताए ।

Advertisement

उनीहरूलाई नियन्त्रणमै राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *